बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सलाम नगरेको आरोपमा सिंहदरबारभित्र वरिष्ठ हवल्दारले गरे जवानलाई दुर्व्यवहार

मङ्गलबार, २७ चैत २०८०, १४ : १७
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको सिंहदरबार सुरक्षा गणका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने सुरक्षा गणका ती अधिकृतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप