सलाम नगरेको आरोपमा सिंहदरबारभित्र वरिष्ठ हवल्दारले गरे जवानलाई दुर्व्यवहार
मङ्गलबार, २७ चैत २०८०, १४ : १७
काठमाडौँ । सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै वरिष्ठ हवल्दारले जवानलाई झापड हानेका छन् । अर्थमन्त्री वर्षमान पुनका चालक वरिष्ठ हवल्दार उज्वल भण्डारीले जवान सुन्दर सिंहलाई दुर्व्यवहार गरेका हुन् ।
दुर्व्यवहारमा पर्ने जवान सिंहदरबार सुरक्षा गणमा कार्यरत छन् । उनी गणका प्रमुख एसपी सन्तोष तामाङका व्यक्तिगत सुरक्षा अधिकृत हुन् । सलाम नगरेको आरोपमा सिंहलाई वरिष्ठ हवल्दारले दुर्व्यवहार गरेको सिंहदरबार सुरक्षा गणका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयबाट खटिएका वरिष्ठ हवल्दारविरुद्ध जवानले प्रतिवेदन दिँदै छन् । प्रतिवेदनको आधारमा उनलाई विभागीय कारवाहीका लागि लेखेर पठाउने सुरक्षा गणका ती अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण