युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी
काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपियन च्याम्पियनसिपमा सहभागी हुने टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको छ । युरोपियन च्याम्पियन्स लिगको आगामी संस्करण जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगिता जुन १४ देखि जुलाई १४ तारिखसम्म सञ्चालन हुनेछ ।
यूईएफएले प्रत्येक टोलीमा २६ जना खेलाडीलाई समावेश गर्ने गरी सङ्ख्या बढाउने तयारी गरिरहेको समाचारमा जनाइएको छ । यस विषयमा यूईएफएले सहभागी टोलीका प्रशिक्षकहरूसँग पनि छलफल गरिसकेको छ ।
‘छलफलका क्रममा विभिन्न सुझाव आएका छन् । टोलीमा खेलाडीको सङ्ख्या बढाउँदा उपयुक्त हुने धेरै सुझाव प्राप्त भएका छन् । हामी यस विषयमा छलफल गरिरहेका छौँ,’ यूईएफएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा अर्को सातासम्ममा ठोस निर्णय आइसक्ने पनि यूईएफएले जनाएको छ । यसअघिको संस्करणमा प्रत्येक राष्ट्रले आफ्नो टोलीमा २३ जना खेलाडीमात्र समावेश गर्न पाउँथे । इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट यसअघि टोलीमा २३ खेलाडी समावेश गर्नुपर्ने पक्षमा थिए ।
तर, अहिले २६ सदस्यीय टोली बनाउनु पर्ने पक्षमा उनी पनि सकारात्मक देखिएका छन् । आगामी युरोपियन च्याम्पियनसिपमा २४ टोलीको सहभागिता रहने छ । प्रतियोगिता जर्मनीका विभिन्न १० वटा सहरमा खेलाउने कार्यक्रम रहेको छ । इटाली युरोपियन च्याम्पियनसिपको साबिक विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण