सत्ता राजनीति
कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलद्वारा दाबी पेस
मङ्गलबार, २७ चैत २०८०, १७ : ३६
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गरेका छन् । माओवादी केन्द्रसहितका दलको समर्थनमा उनले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै चैत २१ मा प्रदेश प्रमुख परिवारले बुधबारसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।
सोही समयभित्र गठबन्धनको नयाँ सरकार बनाउनका लागि दाबी पेस भएको हो । यसअघि कर्णालीको मुख्यमन्त्रीमा पार्टीकै निरन्तरता हुनुपर्ने भन्दै केही नेताले अडान लिएका थिए । तर, केन्द्रको दबाबपछि शर्माले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण