गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले दियो रिट
काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मंगलबार पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेका तर्फबाट वरिष्ठ अभिवक्ता सिताराम केसीले मुद्दा दायर गराएका हुन् ।
गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता पाण्डेले पार्टी निकट नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए)का अध्यक्ष केसीमार्फत मुख्यमन्त्री अधिकारीको नियुक्तविरुद्ध मुद्दा दायर गराएका छन् ।
पाण्डेले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते ३ बजेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिएको समय बाँकी छँदै खगराजले आइतबार बिहान दाबी पेस गरेका थिए ।
सभामुख कृष्ण धितालसमेतलाई गणना गरेर दाबी पेस गरेका अधिकारीलाई एमाले पृष्ठभूमिका प्रदेश प्रमुख भट्टले तत्काल मुख्यमन्त्री नियुक्त गरेका थिए ।
चैत २७ सम्म कामचलाउ सरकारको जिम्मा पाण्डेलाई नै दिइएको भन्दै त्यसमा पनि अन्तरिम आदेशको माग गरिएको छ । यस्तै दायर रिटमा संविधानको धारा १६८ को ३ अनुसार मेरो नामको परमादेश जारी गरिपाऊ भनी पाण्डेले माग गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण