लागुऔषध सहित काठमाडौँबाट दुई जना पक्राउ
४ लाख १६ हजार नगद बरामद
बुधबार, २८ चैत २०८०, ०८ : ४९
काठमाडौँ । प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ ।
बस्नेतको डेराबाट प्रहरीले डाइजेपाम ९५ एम्पुल, नुफ्रिन २४ एम्पुल र फेनारगन ४७ एम्पुल बरामद गरेको छ । बस्नेतको साथबाट ४ लाख १० हजार नगद बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । आरोपीहरूको साथबाट प्रहरीले ४ लाख १६ हजार नगद बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण