अमुक कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक छैन : माधव सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक नभएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक सांसदबाट जे तथ्य तथ्याङ्क छ त्यही प्रस्तुत गरेको बताउँदै त्यसलाई कांग्रेसले फैसला गरेको भनेको प्रति आपत्ति जनाए ।
उनले भने–‘यो संसद्को १५ महिनाको अवधिमा हामीले मुस्किलले ३ वटा बिधेयकमात्र पास गर्यौँ । ज्यादै महत्त्वपूर्ण कानुनहरू हाम्रो पाइप लाइनमा रहेको छ । यो कानुन निर्माण गर्ने अधिवेशन पनि भएकोले यसमा अवरोध नगरीकन सांसदलाई बन्धक नबनाएर अगाडि लैजानुपर्दछ । सहकारीका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा हामी अस्पष्ट छैनौँ तर न्याय पाउनुपर्छ भनेर सत्ताको दाउपेचका रूपमा त्यसलाई बहस बनाइदिनु हुँदैन । जिम्मेवार भएर सांसदलाई अगाडि बढाउन आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण