मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमुक कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक छैन : माधव सापकोटा

बुधबार, २८ चैत २०८०, १२ : ५३
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमुक रूपमा कोही व्यक्ति विशेषलाई खुइल्याउने कांग्रेसको प्रवृत्ति ठिक नभएको बताएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक सांसदबाट जे तथ्य तथ्याङ्क छ त्यही प्रस्तुत गरेको बताउँदै त्यसलाई कांग्रेसले फैसला गरेको भनेको प्रति आपत्ति जनाए ।  

उनले भने–‘यो संसद्को १५ महिनाको अवधिमा हामीले मुस्किलले ३ वटा बिधेयकमात्र पास गर्‍यौँ । ज्यादै महत्त्वपूर्ण कानुनहरू हाम्रो पाइप लाइनमा रहेको छ । यो कानुन निर्माण गर्ने अधिवेशन पनि भएकोले यसमा अवरोध नगरीकन सांसदलाई बन्धक नबनाएर अगाडि लैजानुपर्दछ । सहकारीका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा हामी अस्पष्ट छैनौँ तर न्याय पाउनुपर्छ भनेर सत्ताको दाउपेचका रूपमा त्यसलाई बहस बनाइदिनु हुँदैन । जिम्मेवार भएर सांसदलाई अगाडि बढाउन आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप