बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले भन्यो– कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ

बुधबार, २८ चैत २०८०, १५ : १६
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए । सरकारमा हुँदा जनताहरू सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको उनले बताए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसद्को स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद् अवरुद्ध गरेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप