बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगा एमाले अध्यक्षमा खड्का निर्वाचित

बुधबार, २८ चैत २०८०, १७ : ३१
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेकपा एमाले ओखलढुंगा जिल्लाको अध्यक्षमा जीबी खड्का निर्वाचित भएका छन् । दसौँ अधिवेशनबाट खड्का हर्कबोल राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा कमल न्यौपाने, सचिव अशोक थापा र उपसचिवमा अस्मिता थापा राजीव कटवाल निर्वाचित भएका छन् । उपसचिव थापा राई प्यानलबाट निर्वाचन लडेकी थिइन् ।

एमाले नेता कार्यकर्ताका अनुसार राईलाई एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो भने खड्कालाई स्थायी कमिटी सदस्य शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेता अम्बिरबाबु गुरुङलगायतको समर्थन थियो । राई र खड्का दुवैजना प्यानलसहित चुनावी मैदानमा उत्रेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप