तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
राष्ट्रियसभाको बुधबारको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टीकाटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताइन् । उनले भनिन्, “संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तीकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।”
उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरेको उपाध्यक्ष पदलाई सानो वा ठुलो भनी मूल्याङ्कन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गरिन् । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गरिन् ।
वामपन्थी खेमामा रही महिला सशक्तीकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य हुन् । उनी चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण