इलाम–२ मा सुहाङलाई जिताउन एमाले–माओवादीबिच ५ बुँदे सहमति
विराटनगर । वैशाख १५ गते हुन लागेको इलाम–२ को उपनिर्वाचनका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन एमाले र माओवादीले संयुक्त रूपमा ५ बुँदे निर्णय गरेका छन् ।
दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले सार्वजनिक गरेको निर्णयमा उपनिर्वाचन मार्फत वामपन्थी शक्तिबिचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिस्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने उल्लेख छ ।
यस्तै स्थानीय मनोविज्ञानमा आधारित रहँदै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पङ्क्तिमार्फत शक्ति सञ्चय गर्न समूह बनाएर लाग्ने निर्णय दुवै दलले गरेका छन् । निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत सूर्य चिह्न ध्वजावाहक उम्मेदवार सुहाङ नेम्वाङको पक्षमा मतदान गर्न सार्वजनिक अपिल गर्ने दुई पार्टीले निर्णय गरेका हुन् ।
इलाम–२ को निर्वाचनमा एमालेलाई माओवादी केन्द्रले सघाउने यसअघि नै निर्णय भइसकेको छ । सो निर्वाचन क्षेत्रमा कांग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायतले प्रतिस्पर्धा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण