कक्षा ८ मा हेलम्बु गाउँपालिकाका ८० प्रतिशत विद्यार्थी उत्तीर्ण
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ । २ संस्थागत विद्यालयसहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उत्तीर्ण भई कुल सङ्ख्याको ७९.८० प्रतिशत उत्तीर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले राताेपाटीलाई जानकारी दिए ।
अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परीक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने विद्यार्थीको सङ्ख्या ७ जनामा सीमित भएको छ ।
लामाका अनुसार ३.६ जिपिए ल्याउने २५ जना,३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको बताए ।
गतवर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरीय परीक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको दाबी शेर्पाकाे छ ।
शिक्षामा विशेष चासो दिएर गरेको लगानी अहिलेको नतिजाबाट खेर नगएको देखिएको लामाले बताए ।
आगामी दिनमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्नेगरि अगाडि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण