डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा
बुधबार, २८ चैत २०८०, २१ : ५२
पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।
पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे । ‘घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको रहेछ,’ उनले रातोपाटीसँग भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । प्रक्रिया पूरा हुँदैछ ।’ सेवाग्राही पोखर वडा नम्बर १० का हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण