अस्ट्रेलियाको डार्विनमा जुन १ मा नेपाल फेस्टिभल २०२४ हुँदै
डार्बिन । अस्ट्रेलियाको डार्बिन सहरमा आउँदो जुन १ तारिख शनिवार नेपाल फेस्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा यो फेस्टिभल हुन लागेको हो ।
एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक सञ्जीव ढकाल (गोर्खाली)ले बताए अनुसार डार्बिन सहरको प्रमुख पर्यटकीय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति १० बजे सम्म यो फेटिभल चल्ने छ।
नेपाल हाउस, भर्च्युल नेपाल टुर, सांस्कृतिक झाँकी र खानाका परिकारहरू संयोजक ढकालका अनुसार महोत्सवको मुख्य आकर्षण नेपाल हाउस हुने छ । उनी भन्छन् , “विभिन्न सेक्सन रहेको नेपाल हाउस एक मिनी नेपाल हुनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, संस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरू देख्न सकिन्छ ।”
महोत्सवमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरूको लागि फेस पेन्टिङको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा स्थानीय कलाकारहरूले दर्जनौँ प्रस्तुति दिने बताइएको छ भने नेपाली राष्ट्रिय कलाकारको पनि उपस्थिति रहने छ । गायन, नृत्य र पूर्व मेची देखि पश्चिम महाकाली र हिमाल तराई सम्मका कला संस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।
महोत्सवमा खानका र व्यावसायिक स्टलहरू रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरू महोत्सभमा सहभागी हुने अनुमान गरिएको नेपाल फेस्टिभल २०२४ का संयोजक भवानी पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण