पर्वत घटना : २५० जनासँग सोधपुछ, सीआईबीको टिम घटनास्थलमा
काठमाडौँ । पर्वतको जलजला गाउँपालिकामा भएको दम्पतीको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टिम परिचालन गरिएको छ । इन्स्पेक्टरको नेतृत्वमा पर्वतमा टिम पठाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
जलजला–२ स्थित मल्लाज दहमा चैत १९ मा ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका थिए । उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् ।
अनुसन्धान अधिकृतहरूले गाउँले र सशंकितहरुसँग सोधपुछ गरिरहेका छन् । अहिलेसम्म २५० जनासँग सोधपुछ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले रातोपाटीलाई बताए । उनले भने– ‘आरोपीसम्म पुग्नेगरी हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौँ ।’
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले प्राविधिक विश्लेषण गरिरहेको छ । लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिन्छ’ डीएसपी भुसाल भन्छन्–‘हामी अनुसन्धान गर्दैछौं ।’
सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गरेका थिए । दुई छोरा दक्षिण कोरियामा छन् । एउटा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गरेका छन् । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण