पर्वत घटना : लुटपाटको उद्देश्यले दम्पतीको हत्या
काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भयो । ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसी मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ । धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको पर्वतका डीएसपी खुमलाल भुसालले रातोपाटीलाई बताए ।
लुटपाट गर्ने उद्देश्यले उनीहरूको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा गमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिन्छ’ डीएसपी भुसाल भन्छन्– ‘हामी अनुसन्धान गर्दै छौँ ।’
हत्यामा संलग्न आरोपीहरू पक्राउ परेका छैनन् । सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गरेका छन् । दुई छोरा दक्षिण कोरियामा छन् । एउटा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गरेका छन् ।
हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । सशंकितहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण