मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

घरभित्र सुतिरहेको अवस्थामा पर्वतको जलजलामा दम्पतीको हत्या

मङ्गलबार, २० चैत २०८०, १३ : १४
मङ्गलबार, २० चैत २०८०

पोखरा । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए ।

पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप