मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
माैसम

खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’

बिहीबार, २९ चैत २०८०, १७ : ३०
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । खराब मौसमका कारण हवाई सेवा प्रभावित हुन पुगेको छ । बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण राष्ट्रिय (डोमिस्टिक) तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कन्ट्रोल रुमका अनुसार खराब मौसमकाबिच तीव्र हावा चलेका कारण बाहिरबाट आएको जहाज ल्यान्ड (अवतरण) गर्न सकिरहेको छैन भने केही जहाज अन्यत्र डाइभर्ट भएका छन् । 

सूचनाअनुसार इन्डिगो जहाज दिल्ली डाइभर्ट भएको छ भने चाइना स्टर्न ढाका डाइभर्ट भएको छ ।  यस्तै, ४ बजेका लागि ल्यान्ड गर्न खोजेको भिस्टारा एयर करिब सवा घण्टादेखि आकाशमा नै होल्ड भएको छ भने कतार एयरवेजको जहाज समेत एक घण्टादेखि आकाशमा नै होल्ड भएको छ ।

टीआईए कन्ट्रोल रुमकाअनुसार कतार एयरले ४ः२५ बजे ल्याण्डिङको अनुमति माग गरेको थियो ।  यस्तै यता डोमेस्टिक उडानतर्फ पनि तीव्र हावाका कारण उडान अवतरण प्रभावित हुन पुगेको टीआईए कन्ट्रोल रुमले रातोपाटीलाई जानकारी दिएको छ । तथापि, विमानस्थलको भिजिबिलिटी भने सामान्य नै रहेको जानकारी प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप