खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’
काठमाडौँ । खराब मौसमका कारण हवाई सेवा प्रभावित हुन पुगेको छ । बिहीबार दिउँसो करिब ३ बजेदेखि बिग्रिएको मौसमका कारण राष्ट्रिय (डोमिस्टिक) तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) कन्ट्रोल रुमका अनुसार खराब मौसमकाबिच तीव्र हावा चलेका कारण बाहिरबाट आएको जहाज ल्यान्ड (अवतरण) गर्न सकिरहेको छैन भने केही जहाज अन्यत्र डाइभर्ट भएका छन् ।
सूचनाअनुसार इन्डिगो जहाज दिल्ली डाइभर्ट भएको छ भने चाइना स्टर्न ढाका डाइभर्ट भएको छ । यस्तै, ४ बजेका लागि ल्यान्ड गर्न खोजेको भिस्टारा एयर करिब सवा घण्टादेखि आकाशमा नै होल्ड भएको छ भने कतार एयरवेजको जहाज समेत एक घण्टादेखि आकाशमा नै होल्ड भएको छ ।
टीआईए कन्ट्रोल रुमकाअनुसार कतार एयरले ४ः२५ बजे ल्याण्डिङको अनुमति माग गरेको थियो । यस्तै यता डोमेस्टिक उडानतर्फ पनि तीव्र हावाका कारण उडान अवतरण प्रभावित हुन पुगेको टीआईए कन्ट्रोल रुमले रातोपाटीलाई जानकारी दिएको छ । तथापि, विमानस्थलको भिजिबिलिटी भने सामान्य नै रहेको जानकारी प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण