थाइल्यान्डमा सागरको तीन राष्ट्रिय कीर्तिमान
बिहीबार, २९ चैत २०८०, २० : १३
काठमाडौँ । थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वल्र्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । पुरुष १०९ केजीमाथि तौलसमूहमा सागरले ३ राष्ट्रिय कीर्तिमान रचेको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाए ।
सागरले स्न्याचमा १३४ केजी, क्लिन एन्ड जर्कमा १७२ केजी र कुलमा ३०६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको तीनै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् ।
सागरको नाममा स्न्याच १३३ केजी, क्लिन एन्ड जर्कमा १७१ केजी र कुलमा ३०३ केजीको राष्ट्रिय कीर्तिमान थियो । स्न्याच र कुलमा सागरले १९ औँ एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । क्लिन एन्ड जर्कको राष्ट्रिय कीर्तिमान सागरले उज्वेकिस्तानमा भएको एसियाली भारोत्तोलन च्याम्पियनसिपमा रचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
-
स्वास्थ्य प्रतिष्ठानहरूमा उपकुलपतिको कार्यकाल फरक–फरक राखिएकोमा थपलियाको आपत्ति
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण