महाधिवेशन प्रतिनिधि परिषद्बारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते आइतबार दिउँसो बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका सन्दर्भमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ देखि १० गतेसम्म बस्दैछ ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने परिषद् बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जनाको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन् ।
एमालेको विधानअनुसार दुई राष्ट्रिय महाधिवेशनका बीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, पार्टीको समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने नेताहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण