३ जना मृत अवस्थामा फेला
शुक्रबार, ३० चैत २०८०, १९ : १२
काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका-११ घर भई सोही नगरपालिका-४ बोहरागाउँ बस्ने ३१ वर्षीय सुनिल आचार्य सोही नगरपालिका-४ स्थित भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ पक्लीहवास्थित कृषि क्याम्पसमा कार्यरत महोत्तरी पिपरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय डा. जितेन्द्र मिश्र आफ्नै निवासमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका-१६ भँगेरीथानस्थित नारायणी नदीमा पनि अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण