नयाँ वर्षमा पूर्वराजा : जनमत स्थिर संस्थाको पक्षमा बढ्दो छ, सबै मिलेर समझदारी बनाउनुपर्छ
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ छ ।
‘आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ शुक्रबार नयाँ वर्ष २०८१ को अवसरमा देशबासीकलाई शुभकामना दिँदै उनले भनेका छन् ।
उनले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको समेत बताएका छन् । ‘आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, उनले भनेका छन् ।
शाहले उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आसा जगाउन सक्नु पर्ने बताएका छन् । ‘तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकाङ्क्षा र भरोसा खल्बलिदै गएको छ’, शाहको जिकिर छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको विषय भएको भन्दै उनले अब त्यो सबै कुराको पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्। शाहले २०८० सालमा वर्तमान व्यवस्थाविरुद्ध पटक पटक विज्ञप्तिमार्फत असन्तुष्ट जनाएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण