मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा स्थानीय तहमा धमाधम समाजवादी मोर्चा गठन

शनिबार, ०१ वैशाख २०८१, १० : ४२
शनिबार, ०१ वैशाख २०८१

बुटवल । रुपन्देही स्थानीय तहका धमाधम समाजवादी मोर्चाको गठनको काम चलेको छ । समाजवादी मोर्चालाई तल्लो तहसम्म विस्तार गर्ने  योजना अनुसार रुपन्देहीमा ७ वटा स्थानीय  तहमा गठन गरिएको छ ।

समाजवादी मोर्चा रुपन्देही संयोजक शरद वोलीले  रुपन्देही  सबै स्थानीय तहका गर्ने क्रममा अहिलेसम्म  ७ स्थानीय तहका मोर्चा गठन गरेको रातोपाटीलाई बताए । उनले अन्य स्थानीय तहमा छिटोभन्दा छिटो गठन गरेर वार्ड तहसम्म पुराउने बताए ।

बुटवल उपमहानगर पालिकामा  चिन बहादुर  गुरुङ, सैनामैना नगरपालिका तेजेन्द्र थापा, देवदह नगरपालिका कल्पना  सुवेदी, लुम्बिनी सांस्कृतिक  नगरपालिकामा ईन्ना मुल्ला फकिरको नेतृत्व  मोर्चा गठन भएको  छ। यस्तै कन्चन गाउँ पालिकामा पुप्प शर्मा ,रोहणीमा सुरेन्द्र कुर्मी ,ओमसतिया गौतम यादव रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप