समयसँगको भोगाइ
ओरालो लागेका छन्
जीवनका खुड्किलाहरू
न टेक्ने छ
न सकाउने
आफूले बनाएका
जीवनको भारी अडाउने टाेक्माहरू
अरूको कब्जामा छन् ।
सुन्नलाई कान छ
देख्नलाई आँखाहरू पनि छन्
केही हुँदा चस्स दुख्ने दिल छ
भएर पनि नभए
जस्तो गर्नु परेको छ ।
कहिले नजिकैको दुःखको पहाड
आफ्नै छातीमा खस्छ
कहिले फूलको धारले रेट्छ
अनि मुस्कान उडेर बालुवामा खस्छ
भएको सबै कुरा गुमाउँदा
अभावहरू सिराने लाग्छन्
हिँड्दै गरेका पाइतालाहरू रोकिन्छन्
हिजो बिताएका सुखद यादहरू
आँखै अगाडी
सम्झना बनेर आउँछन्
अनि फेरि बिलाउँछन्
एकै पलमा जीवन
बत्ती निभेको रात झैँ अन्धकार बन्छ ।
यसो उज्यालो भर्न खोज्यो
आँधी आएर उडाउँछ
रमाइलो क्षणका लागि
आकाशमा जुन र चराहरू पनि छन्
धर्तीमा फूल र नदीहरू छन्
सङ्गीतका धुन
पहाडको सुन्दरता
हिमालको मुस्कानहरू पनि छन्
तर केवल आफू भन्दा टाढा टाढा छन् ।
भिडमा हराएको मान्छे जस्तो
छुटेर गएको साथी जस्तो
एक्लो बनेको छ जीवन
छैनन् भन्दा धेरै छन्
आफ्ना र हितेसीहरू
तर आफ्ना जस्ता छैनन्
कोही कदर खाेज्छन्
कोही आँखैमा बसेर घोच्छन्
कोही केके केके सोध्छन्
कोही भाउ र दाउ खोज्छन्
अनि तिललाई पहाड बनाएर
खोइरो खन्छन् ।
रूखमा चढाउँछन्
अनि फेद काट्छन्
खोलाको किनार जस्तो
भयो जिन्दगी
छालहरू आएर हिर्काउँछ
अनि जान्छन् ।
माझी दाइको ढुङ्गा जस्तो भयो जीवन
अरूलाई पार तारेर
आफू वारि बस्नु पर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण