शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलको निरन्तर अपराधविरुद्ध आक्रमण : इरान

आइतबार, ०२ वैशाख २०८१, ०९ : १०
आइतबार, ०२ वैशाख २०८१

तेहरान । इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’ विरुद्ध आक्रमण गरिएको बताएको छ। इरानले जारी गरेको सेनाको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेशन ट्रु प्रमिस’ नाम दिइएको हो । 

विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार इरानको वायुसेनाले इजरायलतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको छ ।

इरानले गत अप्रिल १ मा सिरियाली वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको हो। सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । 

इजरायलले यस आक्रमणको प्रत्यक्ष जिम्मेवारी लिएको छैन। यस आक्रमणमा एक वरिष्ठ इरानी कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो ।

मारिनेमा इरानको एलिट कुड्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर जनरल मोहम्मद हादी हाजी-रहिमी रहेका छन्। इरानले यो हमलाको बदला लिने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप