इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार
काठमाडौँ । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ ।
इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’
इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँदै इरानले गरेको आक्रमणको निन्दा गरेको छ । यस हमलालाई लिएर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्टै अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।
यसै वर्ष हुने राष्ट्रपतीय चुनावको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पले बाइडेन प्रति लक्षित गर्दै ‘म राष्ट्रपति भएको भए इजरायलमाथि आक्रमण हुने थिएन’ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण