बढाइयो सलमान खानको सुरक्षा व्यवस्था
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको सुरक्षा व्यवस्था कडा पारिएको छ । अभिनेताको घरबाहिर गोली हानाहान भएपछि उनको सुरक्षा कसिलो पारिएको हो । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका दुई अज्ञात आक्रमणकारीले ३–५ राउन्ड गोली हानेका थिए ।
सलमान खानलाई पहिला नै राज्यले वाई प्लस सुरक्षा दिँदै आएको थियो । यस घटनापछि सलमान खान र उनको घर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । वाई प्लस सुरक्षामा ११ सुरक्षाकर्मीहरूले सुरक्षा दिन्छन् । यसमा २ देखि ४ जना सीआरपीएफ वा सीआईएसएफ कमाण्डो र पुलिसहरू हुन्छन् । यस घटनामा कसैलाई घाउचोट लागेको छैन ।
यसअघि पनि आएको थियो खानलाई धम्की
सलमान खानलाई यसअघि पनि पटकपटक ज्यान मार्ने धम्की आएको थियो । ग्याङ्स्टार लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका छन् । एक अन्तरवार्तामा पनि उनले आफ्नो जीवनको उद्देश्य सलमान खानलाई मार्नु भएको खुलासा गरेका थिए । लरेन्सको धम्कीपछि मुम्बई प्रहरीले सलमान खानको सुरक्षाको समीक्षा गरेको थियो । गत वर्ष पनि सलमान खानको अफिसमा धम्कीपूर्ण इमेल पठाइएको थियो । यसपछि ग्याङ्स्टर लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण