बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कराँतेकर्मी दीपक र विप्लपलाल अमेरिकामा सम्मानित

आइतबार, ०२ वैशाख २०८१, १४ : ४९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दुई कराँतेकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा दीपक श्रेष्ठ र विप्लपलाल श्रेष्ठ रहेका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमका क्रममा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता कराँते खेलाडी विप्लपलाल तथा आठौँ र नवौँ सागका स्वर्ण पदक बिजेता दीपकलाई सम्मान गरेको हो ।

दीपक र विप्लव गत मार्च २८ देखि ३१ तारिखमा आयोजना भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् । उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औँ सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप