कराँतेकर्मी दीपक र विप्लपलाल अमेरिकामा सम्मानित
आइतबार, ०२ वैशाख २०८१, १४ : ४९
काठमाडौँ । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी) ले दुई कराँतेकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा दीपक श्रेष्ठ र विप्लपलाल श्रेष्ठ रहेका छन् ।
नयाँ वर्ष २०८१ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमका क्रममा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता कराँते खेलाडी विप्लपलाल तथा आठौँ र नवौँ सागका स्वर्ण पदक बिजेता दीपकलाई सम्मान गरेको हो ।
दीपक र विप्लव गत मार्च २८ देखि ३१ तारिखमा आयोजना भएको यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन अमेरिका गएका हुन् । उनीहरुलाई एनएसीसीका अध्यक्ष चन्द्र लामा र १० औँ सागकी स्वर्ण पदक विजेता बिना खड्का लामाले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
-
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण