बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ

आइतबार, ०२ वैशाख २०८१, १५ : ४९
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका-४ चप्पलकाराखाना चोकबाट ६ जना पक्राउ परेका छन् ।  ५१ वर्षीय विनय मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा मगरसमेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ६ सय ३५ रुपैयाँ, जुवा खेल्न प्रयोग गरेको विभिन्न रङको क्वाईन ७५ थान र  १ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको रकम उल्लेख गरी काटिएका चेक ३० थान बरामद गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप