कुटपिट गरी आफ्नै काकाको हत्या
आइतबार, ०२ वैशाख २०८१, १८ : ३०
नवलपरासी पश्चिम । आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन)को कुटपिट गरी हत्या गरेको अभियोगमा सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने २१ वर्षीय सन्तराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्तरामले गत चैत २८ गते वादविवाद भई कुटपिट गर्दा घाइते भएका तिलकधरीलाई स्थानीय मेडिकलमा उपचार गराई घरमै बसिरहेको अवस्थामा उनको आइतबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले सन्तरामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोको किल्ला भत्काउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा
-
चार स्वर्ण जितेकी दीपाको चिन्ता : अन्तर्राष्ट्रिय सपना आर्थिक अभावले त रोकिँदैन ?
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण