मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा कार्यालयमा भ्रष्टाचार, पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ । मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजिव रिमालसमेत ५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मुगुको सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरू समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा छानबिन गरी मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख राजिव रिमाल, सव–इन्जिनियर नर बहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिरा बहादुर शाही र सचिव तिर्थ बहादुर शाहीविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।
सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको कार्य एक हजार ७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटरमात्र भइ ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुटा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानि–नोक्सानी पु¥याएको देखिएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
सोही अनुरुप कार्यालय प्रमुख रिमाल र सव इन्जिनियर लावडलाई पाँच लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बिगो कायम गरी बिगो असुलउपर र कैद तथा जरिवानाको माग दाबीसहित आयोगले मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जनाएका छन् ।
यस्तै, उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवविरुद्ध सम्झौता बमोजिम लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कामको पनि भएको भनी भुक्तानीको लागि झुटा बिल पेस आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानि–नोक्सानी पु¥याएको आरोपमा पाँच लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बिगो कायम गरी सजाय तथा बिगोसमेत असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन सडक सञ्जालमा जोडियो
-
इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएका गहनासहित दुई जना पक्राउ
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष