बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एनआइसी एसिया बैंकको मुगु शाखाको ताला फुटाउने एकजना पक्राउ

आइतबार, ०२ वैशाख २०८१, २० : ५४
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । मुगुस्थित एनआईसी एसिया बैंकको ताला फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति आरोपीले बैंकको मूल ढोकाको ताला फुटाएर गार्ड रुममा प्रवेश गरेका थिए । सुरक्षा गार्डको जुत्ता लिएर उनी फरार भएको मुगुका डीएसपी वीरेन्द्र थापाले रातोपाटीलाई बताए ।

आरोपीलाई प्रहरीले घटना हुनासाथ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । मुगु घर भएका आरोपी मदिराको ‘एडिक्ट’ हुन् । उनी मदिराको नशामा बजारमा घुमिरहने गरेको डीएसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप