पेस्तोल र गोलीसहित एक जना पक्राउ
सोमबार, ०३ वैशाख २०८१, १३ : ३५
भोजपुर । प्रहरीले पेस्तोल र गोलीसहित आइतबार साँझ एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका-१ घर बताउने ३७ वर्षीय सुमन परियार रहेका छन् ।
उनलाई षडानन्द नगरपालिका-९ स्थित जंगलबाट पेस्तोल १ थान, गोली ११ राउण्ड, म्यागजिन १ थान, सुन जस्तो देखिने पहेँलो धातुको गहना मारवाडी २ थान, सिक्री १ थान, बेरुवा औँठी १ थान र नगद ९ हजार ५० रुपैयाँसहित पक्राउ गरिएको हो । परियारले स्थानीयलाई पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण