जापानले येनको गिरावटलाई रोक्ने
टोक्यो । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् ।
उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे ।
ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।
“हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ”, मन्त्री सुजुकीले पत्रकारहरूलाई भने ।
जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ । जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म विपक्षीले सदन चल्न नदिने
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण