मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै, जनमत पार्टीले सदन अवरुद्ध गर्ने

मङ्गलबार, ०४ वैशाख २०८१, ११ : ५४
मङ्गलबार, ०४ वैशाख २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि बस्न लागेको प्रदेशसभा बैठक जनमत पार्टीले अवरोध गर्ने भएको छ । जनमत पार्टीले २ बुँदे माग अगाडि सार्दै सदन चल्न नदिने अडान लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो दिउँसो १ बजेदेखि विश्वासको मत लिँदै छन् । 

मधेस प्रदेश सरकारमा सहभागी कांग्रेसले समर्थन फिर्ता लिएको २५ औँ दिनमा मधेस प्रदेश सरकारले आज चौथो पटक विश्वासको मत लिन सदन डाँकेको हो ।

मुख्यमन्त्री यादवले प्रदेश सभाको कार्यालयमार्फत विश्वासको मत लिन सदनको बैठक आह्वान गरेको प्रदेश सभाको कार्यालयले जनाएको छ ।  मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि डाकिएको सदनको बैठक अवरुद्ध गर्ने जनमत पार्टीले तयारी गरेको छ । 

राजविराज कृषि विश्वविद्यालयमा भएको लाठी चार्जको घटना विषयलाई लिएर जनमत पार्टी मधेस प्रदेशले सदन अवरुद्ध गर्ने तयारी गरेको हो । 

जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवका अनुसार मधेस सरकारले आफ्नो पार्टीले उठाउँदै आएको माग पूरा नगरेसम्म सदन चल्न दिइने छैन । 

उनका अनुसार आफ्नो पार्टीले मुख्यतः २ माग उठाएको छ । उनले भने,‘राजविराज कृषि विश्वविद्यालयमा भएको लाठी चार्जको घटनामा छानबिन समिति गठन गर्नुपर्यो, त्यसपछि ०८०-०८१ सालको बजेट पास हुँदा अर्थ मन्त्रालयबाट बिना कार्यविधि बाँडिएको ३  अर्ब रुपैयाँको छानबिन गर्न बनेको समितिले अनुसन्धान गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्यो । यही २ वटा मागको सरकारले जवाफ नदिँदासम्म सदन चल्न दिने छैनौँ ।’

आफ्नो पार्टीले राजविराजमा भएको घटनादेखि नै सदन अवरुद्ध गर्दै आइरहेकोले आज पनि त्यही कार्यतालिका बमोजिम सदन अवरुद्ध गर्ने आफूहरूको तयारी रहेको जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका नेता यादव बताउँछन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप