मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसभा चुनाव : उत्तराखण्डमा नेपाल–भारत सीमा आजदेखि तीन दिन बन्द हुने

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : १४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । भारतको चम्पावत र पिथोरागढमा रहेको उत्तराखण्ड–नेपाल सीमा मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । आसन्न लोकसभा चुनावलाई ध्यानमा राख्दै सीमा बन्द गरिएको हो ।

उत्तराखण्डका ५ वटा लोकसभा सिटमा अप्रिल १९ शुक्रबारका दिन निर्वाचन हुँदैछ । मंगलबार साँझ ६ बजेदेखि सीमा बन्द गरिने पिथोरागढकी जिल्ला म्याजिस्ट्रेट रिना जोशीले जानकारी दिइन् । 

आपत्कालीन यात्राका लागि भने ट्रान्जिट पास जारी गरिने बताइएको छ । चम्पावतका जिल्ला मेजिस्ट्रेट नवनित पाण्डेका अनुसार एसडीएम र टनकपुर सीओलाई ट्रान्जिट पास उपलब्ध गराउने अधिकार दिइएको छ । स्वास्थ्य सेवाका लागि सशस्त्र सीमा बलले नै अनुमति प्रदान गर्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप