मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

उपत्यकाका १४२ वटा ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा

शंकास्पद कागजात बरामद
मङ्गलबार, ०४ वैशाख २०८१, १७ : २३
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित १४२ वटा ड्राइभिङ्ग इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीले छापा मारेको छ । छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

प्रशिक्षार्थीलाई सिकाउन प्रयोग गरिएका २१ वटा गाडी प्रहरीको अनुसन्धानको दायरामा आएको छ । ती गाडीहरूमध्ये १६ वटाको कागजात फेला परेको छ । ५ वटा गाडीको ब्लुबुक नवीकरण नभएको भेटिएको छ ।

ट्रायल सेन्टर र ड्राइभिङ्ग इन्स्टिच्युटमा भेटिएका २० वटा मोटरसाइकल र ७ वटा स्कुटर अनुसन्धानको दायरामा आएको छ । १५ वटा मोटरसाइकल नवीकरण फेला भएको र ५ वटाको कागजात नभएको अवस्थामा भेटिएको एसपी रेग्मीले जानकारी दिए ।

इन्स्टिच्युट सञ्चालकहरूले ३ वटा स्कुटरको कागजात देखाउन सकेका छैनन् । ४ वटा स्कुटर नवीकरण नगरेको अवस्थामा भेटिएको छ । शंकास्पद कागजातबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप