बारामा मिटर ब्याजसम्बन्धी ९ सय ८१ वटा उजुरीमा सहमति
मङ्गलबार, ०४ वैशाख २०८१, १९ : २६
बारा । बारामा मिटर ब्याजसम्बन्धी ९८१ वटा उजुरीमा मिलापत्र र सहमति भएको भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म ३ हजार ३२२ जनाले उजुरी दिएका छन् ।
अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी समस्या समाधान गर्ने प्रयोजनार्थ २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्ता गरी सो सम्बन्धमा दुवै पक्षलाई उपस्थिति गराई सत्य तथ्य बुझी सहजLकरण गरी समस्या सुनुवाइ भइरहेको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उजुरीमा माग भएको रकम ३२ करोड ३ लाख ६२ हजार ८०७ रुपैयाँ रहेको छ ।
यसमध्ये सहमति र मिलापत्र भएको रकम १९ करोड ३३ लाख १९ हजार ४७९ रहेको छ । न्यौपानेका अनुसार सहमति मार्फत फिर्ता गरिएको जग्गामा ८९ वटा कित्ता, २५ बिगाहा, १३ कट्ठा र ७ धुर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
-
रास्वपा रुकुम पश्चिमकाे सभापतिमा खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण