झन्डै १८ लाखको भन्सार छलीका सामान बरामद
वीरगन्ज । पर्साबाट झन्डै १८ लाख मूल्य बराबरको भन्सार छलीको बरामद गरेको छ । प्रहरीको विशेष टोलीले वीरगन्जको विभिन्न ठाउँबाट लत्ताकपडा तथा पशुचौपाया नियन्त्रणमा लिएको जनाएको हो ।
प्रहरीले झन्डै १८ लाख मूल्य बराबरको लत्ताकपडा तथा पशुचौपाया नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।
उनका अनुसार वीरगन्जको विभिन्न नाकाबाट चोरी पैठारी गरी ल्याउँदै गरेको १७ लाख ७२ हजार ७३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरिएको हो ।
पर्सा प्रहरीले चलाएको चोरी पैठारी नियन्त्रण अभियान अन्तर्गत जिल्लाका फरक फरक स्थानहरूबाट भन्सार छलीका सामानसहित पशु पनि नियन्त्रणमा लिइएको उनले बताए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ७ लाख ३२ हजार ७३० मूल्यका सामानहरू पक्राउ गरेको उनी बताउँछन् ।
उनका अनुसार प्रहरीले कुर्ता सुरुवाल ३१५ पिस, टप्स ८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल ३, मोबाइल चार्जर ३९० पिस, मोबाइल ब्याट्री सानो ४८ पिस, एयर बड्स ३ पिस, डिस्पले २४ पिस, टेम्पर ग्लास १२० पिस, डाटा केबल ८० पिस, मोबाइल कभर ६३ पिस, प्याज १३८८ के.जी, १३० केजी.र मिट मसाला ८० केजी. नियन्त्रणमा लिइएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय ठोरीले, ठोरी गाउँपालिका–२ बाट १० लाख ४० हजार मूल्यका पशुचौपायाहरु नियन्त्रणमा लिएको हो । ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा पाडाहरू ५ वटा, पाडी १ वटा नियन्त्रणमा लिइएको प्रहरी बताउँछ । योसँगै ना.३ च १०८९ नम्बरको सेतो पिकअपसमेत नियन्त्रणमा लिएको हो ।
बरामद सामानसहित पशु आवश्यक कारबाही लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण