बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘मनसरा’को ट्रेलरमा अन्तर्जातीय सम्बन्धको कथा

बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक बस्तीका दुई अलग समुदायको कथा पेस गरेको छ । विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको नोकझोंक ट्रेलर देख्न सकिन्छ ।

ट्रेलरको सुरुवात र अन्त्य पालाम (लिम्बू गीत)बाट गरिएको छ, जहाँ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबिचको प्रेमालाप छ ।

ट्रेलर हेर्दा फिल्ममा दयाहाङ र मिरुना श्रीमान्–श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा अभिनेता प्रवीण खतिवडा र मेनुका प्रधान देखिएका छन् ।

अन्तर्जातीय सम्बन्धको कथामा बनेको फिल्म निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको अभिनय छ ।

फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्णु कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह–निर्मातामा रहेका छन् । फिल्म वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया