जापानमा शक्तिशाली भूकम्प
बुधबार, ०५ वैशाख २०८१, २० : ५५

काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा गएको भूकम्पपछि सुनामीको खतरा भने नरहेको जानकारी दिइएको छ ।
हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको जापान टाइम्सको समाचारमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ५० किलोमिटर तल रहेको थियो । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रको धेरै भागमा महसुस गरिएको थियो ।
एनएचेको रिपोर्टमा भूकम्पले इकाटा परमाणु प्लान्टमा पनि कुनै समस्या नदेखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन