शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना मृत अवस्थामा फेला

शुक्रबार, ०७ वैशाख २०८१, २१ : २४
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेको धुलिखेल नगरपालिका-३ बाँसघारी बस्ने ४२ वर्षीय राज कुमार न्यौपाने सोही नगरपालिका-७ स्थित बेईनिङ प्लानको जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धादिङको धुनिवेशी नगरपालिका-८ खानिखोलास्थित सडक छेउमा अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ बालाजुस्थित गंगा हल नजिक बाटोको पेटीमा पनि अन्दाजी २९ वर्षीय पुरुष  शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप