बजार
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
शनिबार, ०८ वैशाख २०८१, १३ : ३२
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।
यसैगरी यो साता चाँदीको कारोबार मूल्य भने घटेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण