कविता
कर्णाली लोकमार्ग
शनिबार, ०८ वैशाख २०८१, १६ : ००
कर्णाली नदीको तिरै तिरमा
जनता सधैँ पिरै पिरमा
एक मार्गको उदय हुन्छ
जुन मार्गको नाम राखिन्छ
कर्णाली राजमार्ग !
जनताको रगत र पसिना
मिसावट भएर
कर्णालीको मुहार फेर्नको निमित्त
बनेको मार्ग हो ।
विडम्बना !
जुन मार्ग संसारकै भय ,
अर्थात् मृत्युमार्गको नामले भयो उदय ।
आमाले जन्माएको सन्तानलाई
सन्तान भन्न पाउने कि नपाउने?
हो कर्णाली मार्ग जनताले जन्माएका हुन् ।
कर्णाली लोकमार्गलाई राजमार्ग भनेर
नाम दिनेहरू सिधै जनताको
रगत पसिना लुट्ने सामन्तीहरू हुन् ।
जुन मार्गमा हिँडेर
ज्यान जनता गुमाइरहेछन् बारम्बार
जुन मार्गमा जनता सवार गरिरहेछन्
भन्नुस् ?
जुन मार्गमा राजाले
कहिल्यै सवार गरेनन्
अहँ गर्दै गरेनन् !
त्यो मार्ग कदापि राजमार्ग हुनै सक्दैन ।
त्यो कर्णाली राजमार्ग होइन !
यो त कर्णाली लोकमार्ग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण