शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

कर्णाली लोकमार्ग

शनिबार, ०८ वैशाख २०८१, १६ : ००
शनिबार, ०८ वैशाख २०८१

कर्णाली नदीको तिरै तिरमा 
जनता सधैँ पिरै पिरमा 
एक मार्गको उदय हुन्छ 
जुन मार्गको नाम राखिन्छ 
कर्णाली राजमार्ग ! 

जनताको रगत र पसिना
मिसावट भएर  
कर्णालीको मुहार फेर्नको निमित्त 
बनेको मार्ग हो । 

विडम्बना !
जुन मार्ग संसारकै भय ,
अर्थात् मृत्युमार्गको नामले भयो उदय । 

आमाले जन्माएको सन्तानलाई 
सन्तान भन्न पाउने कि नपाउने? 
हो कर्णाली मार्ग जनताले जन्माएका हुन् ।

कर्णाली लोकमार्गलाई राजमार्ग भनेर 
नाम दिनेहरू सिधै जनताको
रगत पसिना लुट्ने सामन्तीहरू हुन् ।  

जुन मार्गमा हिँडेर 
ज्यान जनता गुमाइरहेछन् बारम्बार 
जुन मार्गमा जनता सवार गरिरहेछन् 

भन्नुस् ? 

जुन मार्गमा राजाले 
कहिल्यै सवार गरेनन् 
अहँ गर्दै गरेनन् ! 
त्यो मार्ग कदापि राजमार्ग हुनै सक्दैन । 

त्यो कर्णाली राजमार्ग होइन ! 
यो त कर्णाली लोकमार्ग हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विक्रम तिरुवा ‘सलिन’
विक्रम तिरुवा ‘सलिन’
लेखकबाट थप