शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम र  लुम्बिनी विजयी

शनिबार, ०८ वैशाख २०८१, १९ : ११
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार सहज जित हात पारेको छ । दुई खेल खेलेको सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो । दुई खेलमा सुदूरपश्चिमको यो पहिलो जित हो ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले १८.३ ओभरमा अलआउट हुनुअघि ११७ रनको योगफल खडा ग¥यो ।

शीर्ष ३ मा ब्याटिङ गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दीपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९–३ को स्थितिमा थियो ।

गण्डकीका कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए । यस्तै करन पंगेनी र दिनेश बुढा मगरले समान १५÷१५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमको बलिङमा नरेन भट्टले मात्र १ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी र शेर मल्लले पनि समान २÷२ विकेट हात पारे ।

जवाफमा ११८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा १ विकेट गुमाएर पुरा ग¥यो । सुदूरपश्चिमलाई सहज जित दिलाउने क्रममा ‘प्लेयर अफ दि म्याच’ चुनिएका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए । वसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन प्रहार गरे ।

अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले पराजित गर्‍यो । कोशीको दुई खेलमा लगातार दोस्रो हार हो ।

लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोडेको थियो । लुम्बिनीको ब्याटिङमा कप्तान देव खनालले २२ बलमा ४५ रन जोडे । दिल्शाद अलिले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाए ।

कोशीका दीपेश कँडेलले २ विकेट लिए । फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, सर्वन यादव, सौजन घिमिरे र अङ्कित सुवेलीले समान १÷१ विकेट हात पारे ।

प्रत्युत्तरमा १३९ रनको लक्ष्य पछ्याएको मैदान उत्रिएको कोशी एक समय ४०–७ को अवस्थामा थियो । कोशी प्रदेशले १९.४ ओभरमा पूरै विकेट गुमाउदै ८८ रन मात्र जोड्यो ।

कोशीका लागी समिर कार्कीले सर्वाधिक २३ रन, सौजन घिमिरेले १६ रन तथा अङ्कित सुवेदीले ११ रन जोडे ।

कोशीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, नर सार्की र अविशेष गौतमले समान २÷२ विकेट लिए । अल राउण्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप