सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित तीन जना पक्राउ

आइतबार, ०९ वैशाख २०८१, १२ : २९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । मोरङ, महोत्तरी र तनहुँ जिल्लाबाट लागु औषधसहित ३ तथा पक्राउ परेका छन् । 

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको मनराशिस्वा गाउँपालिका-४ जाउकबाट अवैध लागु औषध गाँजा करिब ५ सय ग्रामसहित सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागु औषध गाँजा करिब ३ किलोसहित नुवाकोट ककनी गाउँपालिका-६ घर बताउने २७ वर्षीय इन्द्र लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप