गण्डकीका अर्थमन्त्रीको पहिलो निर्णय : अर्को वर्ष लगानी सम्मेलन गर्ने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री हरिबहादुर चुमानले अर्को वर्ष लगानी सम्मेलन गर्ने टिप्पणीमा हस्ताक्षर गरेका छन् । आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले आउँदो वर्ष गण्डकीमा लगानी सम्मेलन गर्ने निर्णय गरे ।
उनले शनिबार अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
उनले सम्मेलनको अध्ययन गर्न कार्यदल समेत गठन गरेका छन् । अर्थ मन्त्रालयका सचिव बलराम रिजालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । चुमानले प्रदेशमा औद्योगिक पूर्वाधार विकासमा सरकारले जोड दिने बताए । प्राविधिक कमजोरीलाई टेकेर रातोकिताबका योजना कार्यान्वयन नहुने वातावरण सिर्जना नगर्न कर्मचारीसँग उनको आग्रह छ ।
आगामी आर्थिक वर्षमा परम्परागत बजेट खर्च गर्ने शैलीमा सुधार गर्ने प्रतिबद्धता जनाए । अहिले प्रदेशको पुँजीगत खर्चको अवस्था चिन्ताजनक छ । हालसम्म २९ प्रतिशत बजेट मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण