शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले गतिलो भाइ काँग्रेस बन्ने उद्देश्य राखेको छ : अध्यक्ष वैद्य

सोमबार, १० वैशाख २०८१, १८ : ३०
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाइ कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन् ।  

सोमबार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन् । उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए । 

अध्यक्ष वैद्यले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए । उनले कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरू दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए । उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बिचमा कुनै तात्त्विक र मौलिक भिन्नता नभएको बताए । उनले सत्ताधारी कम्युनिस्टहरूले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेको बताए ।  

अध्यक्ष वैद्यले आफूहरू दक्षिणपन्थी अवसरवादको भण्डाफोर गर्दै अघि बढ्ने बताए । उनले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाए क्रान्ति गर्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप