अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
बुधबार, १२ वैशाख २०८१, १९ : ००

बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल हिँडेको लु१ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।
घाइतेमध्ये कपिलवस्तु शिवराज नगरपालिका–५ निवासी ७० वर्षीय रमा अधिकारीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल पठाएको छ । यस्तै ६ जना घाइतेहरूको स्थानीय थाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिपमा १४ जना सवार रहेका थिए । प्रहरीले जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि