अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
बुधबार, १२ वैशाख २०८१, १९ : ००
बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल हिँडेको लु१ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।
घाइतेमध्ये कपिलवस्तु शिवराज नगरपालिका–५ निवासी ७० वर्षीय रमा अधिकारीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल पठाएको छ । यस्तै ६ जना घाइतेहरूको स्थानीय थाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिपमा १४ जना सवार रहेका थिए । प्रहरीले जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
-
कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण