शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा

बिहीबार, १३ वैशाख २०८१, २१ : ३८
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनले तय गरेको दुई वटा अभियान सञ्चालन अनिश्चित भएको भएको छ ।  फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार फागुन १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अभियानको खाका समेत तयार गरेको थियो । पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गते तराई मधेस जागरण अभियान सञ्चालन हुने र दोस्रो चरणमा हिमाल, पहाड र तराइ राष्ट्रिय एकता अभियान वैशाख १ देखि १५ गतेसम्म सञ्चालन हुने निर्णय गरेको थियो ।

 तर चैत ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै अभियान स्थगित गरेको थियो । फेरि अभियानलाई सञ्चालन गर्ने सम्बन्धमा पार्टीको कुनै योजना नभएको उपमहासचिव मातृका यादवले जानकारी दिए ।

‘अभियान सञ्चालन गर्न आवश्यक तयारी नपुगेकाले स्थगित गरेको हो । फेरि सञ्चालन गर्ने विषयमा पार्टीले योजना बनाएको छैन’, उनले बताए ।

गत भदौ १६ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन भएको जनतासँग माओवादी रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकाल्दै माओवादीले चैत र वैशाखमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप