माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनले तय गरेको दुई वटा अभियान सञ्चालन अनिश्चित भएको भएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको प्रथम विधान अधिवेशनले चैत र वैशाखमा दुई चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सोहीअनुसार फागुन १५ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अभियानको खाका समेत तयार गरेको थियो । पहिलो चरणको अभियान अन्तर्गत चैत १ देखि १५ गते तराई मधेस जागरण अभियान सञ्चालन हुने र दोस्रो चरणमा हिमाल, पहाड र तराइ राष्ट्रिय एकता अभियान वैशाख १ देखि १५ गतेसम्म सञ्चालन हुने निर्णय गरेको थियो ।
तर चैत ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले तयारी नपुगेको कारण देखाउँदै अभियान स्थगित गरेको थियो । फेरि अभियानलाई सञ्चालन गर्ने सम्बन्धमा पार्टीको कुनै योजना नभएको उपमहासचिव मातृका यादवले जानकारी दिए ।
‘अभियान सञ्चालन गर्न आवश्यक तयारी नपुगेकाले स्थगित गरेको हो । फेरि सञ्चालन गर्ने विषयमा पार्टीले योजना बनाएको छैन’, उनले बताए ।
गत भदौ १६ गतेदेखि पुस १६ गतेसम्म सञ्चालन भएको जनतासँग माओवादी रूपान्तरण अभियान सफल भएको निष्कर्ष निकाल्दै माओवादीले चैत र वैशाखमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण