आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने

बिहीबार, १३ वैशाख २०८१, १७ : ५९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को स्पीनअफ कम्पनी कन्सियस इनर्जीले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन बढाउन ऊर्जा डेभलपर्सले रणनीतिक साझेदारी गर्ने भएका छन् । व्यावसायिक परियोजनाका रुपमा ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले साझेदारी घोषणा गरेको हो ।

कन्सियस इनर्जी एक अनुसन्धान उन्मुख परामर्श सेवा प्रदायकको रूपमा २०८० सालमा स्थापना भएको थियो । यसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्न सञ्चालन गर्न र आफ्नो उपस्थिति बढाउन खोज्ने ग्राहकहरूलाई सेवा प्रदान गर्ने गर्छ । कम्पनीले केयूद्वारा प्रशासित एनजाईज नेपाल कार्यक्रममार्फत प्रारम्भिक बीज कोष प्राप्त गरेको थियो ।

केयूको ग्रिन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्ने बताइएको छ । ऊर्जा डेभलपर्सले परिचालनसम्बन्धी अनुभव र लगानी योगदान दिनेछ । ऊर्जा डेभलपर्सले सेयरधनीका रूपमा कन्सियस इनर्जीमा प्रवेश गर्नेछ र यसलाई व्यावसायिक परियोजनाहरूमा ठुलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीमा विस्तार गरिनेछ ।

कन्सियस इनर्जी नेपालमा ग्रिन हाइड्रोजन व्यवसायको लागि ठुलो सार्वजनिक कम्पनीको रूपमा विकसित हुने भनी सहमति भएको छ । यस साझेदारीले नेपालको कुनै पनि निजी कम्पनीले विश्वविद्यालयबाट गरिएको अनुसन्धान निष्कर्षहरूको स्वामित्व लिन र त्यसलाई वास्तविक र ठुला व्यावसायिक परियोजनाहरूका लागि कार्यान्वयन गर्न अपनाउने अहिलेसम्मको सबैभन्दा ठुलो कदमलाई देखाउने केयूले बताएको छ ।

यस नयाँ साझेदारीबाट कन्सियस इनर्जीले नेपालमा ग्रिन हाइड्रोजन व्यवसाय प्रवर्द्धन गर्न लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप